spot_img

घटनाको २ दिनपछि रोल्पा दुर्घटनाप्रति रास्वपाको दुःख व्यक्त

spot_img
spot_img

रोल्पा,१९ वैशाख । रोल्पामा भएको दर्दनाक जीप दुर्घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ। घटनाको दुई दिनपछि पार्टीका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका हुन्।

विज्ञप्तिमा २०८३ वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा भएको ठूलो मानवीय क्षतिले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरिएको छ।

रास्वपाले कठिन भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिमा उद्धार कार्यमा खटिएका सुरक्षा निकाय तथा टोलीहरूको भूमिका प्रशंसनीय रहेको जनाएको छ।

पार्टीले यो दुर्घटनाले फेरि एकपटक देशको सडक सुरक्षा अवस्थाबारे गम्भीर प्रश्न उठाएको भन्दै यसलाई केवल तथ्यांकका रूपमा नलिई नागरिक जीवनसँग जोडिएको संवेदनशील विषयका रूपमा लिनुपर्ने बताएको छ।

साथै, यस्ता दुर्घटना दोहोरिन नदिन सवारी सुरक्षासम्बन्धी नीतिगत सुधार, सडक अनुशासनको कडाइ र पूर्वाधार विकासमा सरकार गम्भीर हुनुपर्ने माग पनि रास्वपाले गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय