जनकपुर,१९ वैशाख । महोत्तरीमा नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजान खोजिएको ठूलो परिमाणको स्याउ सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार शनिबार महोत्तरीको मनराशीसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रबाट ६ हजार ९ किलो स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका गाडीहरूमा ३४५ कार्टुन स्याउ फेला परेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। नियन्त्रणमा लिइएका गाडीहरूको नम्बर प्रदेश ०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० रहेको छ।
प्रहरीले बरामद स्याउ तथा गाडीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जनाएको छ।




