spot_img

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

spot_img
spot_img

चितवन,२५ वैशाख । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज बिहान खसेको पहिरोका कारण सडकमा यातायात सञ्चालन ठप्प बनेको प्रहरीले जनाएको छ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरो हटाउने काम सुरु गरिएको छ। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर प्रहरी टोली पहिरो पन्छाउने कार्यमा खटिएको उनले बताए।

सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै यात्रा गर्ने सवारी साधनहरू रोकिएका छन् भने यात्रुहरूलाई वैकल्पिक व्यवस्था अपनाउन आग्रह गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय