spot_img

एसईई नतिजा सार्वजनिक, करिब ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

spot_img
spot_img

काठमाडाै,२९ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको हो।

यस वर्षको नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार नतिजा सार्वजनिक भए पनि वेबसाइटमा केही समयपछि मात्र हेर्न सकिने व्यवस्था गरिएको छ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुन आवेदन दिएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका थिए।

परीक्षामा सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेको बोर्डले जनाएको छ।

यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण विगतको तुलनामा नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय