सर्लाही,३० वैशाख । सर्लाहीको रामनगर गाउँपालिका क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन् ।
गए राति बरहथवाबाट मधुवनीतर्फ जाँदै गरेको ज७प २६१३ नम्बरको मोटरसाइकल नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक भारतको सीतामढी ग्रामपञ्चायत ढेग निवासी ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार २३ वर्षीय उज्ज्वल पटेल गम्भीर घाइते भएका छन् । उनको भारतको सीतामढीस्थित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राई ले जानकारी दिएका छन् ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




