spot_img

२४ घण्टामा ट्राफिक कारबाहीबाट २० लाख बढी राजस्व सङ्कलन

spot_img
spot_img

काठमाडौं,०२ जेठ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २०० सवारीचालकलाई कारबाही गरेको जनाएको छ। उक्त कारबाहीबाट राज्यकोषमा २० लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जानकारी दिएको छ।

ट्राफिक प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने १६८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १५५ जना तथा ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १३७ जना कारबाहीमा परेका छन्। त्यस्तै तीव्र गतिमा सवारी चलाउने १५२ जनामाथि पनि कारबाही गरिएको छ।

यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १७८, सडक पेटीमा पार्किङ गर्ने १२३ तथा एकतर्फी सडकमा सवारी चलाउने ११३ जनालाई समेत जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७२ चालक पनि कारबाहीको दायरामा परेका छन्। ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी र कारबाहीलाई थप कडाइ गरिने जनाएको छ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय