spot_img

नेपाललाई अमेरिकाले दियो १९६ रनको लक्ष्य

spot_img
spot_img

काठमाडौं,०२ जेठ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली नेपाल राष्ट्रिय क्रिकेट टोलीसामु १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा १ सय ९५ रन बनाउँदै अलआउट भयो। अमेरिकाका लागि ओपनर स्मित पटेलले उत्कृष्ट ८३ रन बनाए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। दोस्रो विकेटका लागि स्मित र सेहनान जयसूर्याबीच १ सय रनको महत्वपूर्ण साझेदारी भएको थियो। सेहनानले ५२ बलमा ५ चौका र १ छक्का सहित अर्धशतक पूरा गरे।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले ७.३ ओभरमा मात्र २४ रन खर्चिँदै अमेरिकालाई ठूलो स्कोर बनाउनबाट रोके।

यस्तै सोमपाल कामीले २ विकेट लिए भने सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट हात पारे। अमेरिकाका अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन नसक्दा टोली मध्यम स्कोरमै सीमित भयो।

अब नेपालले केही बेरमा १९६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय