काठमाडौँ,०६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले सदन भवन अगाडि जेनजी सहिदको सालिक निर्माण यथाशीघ्र थालनी गर्न माग गरेकी छन् ।
प्रतिनिधि सभाको जारी बैठकमा सांसद खत्रीले सालिक निर्माण यथाशीघ्र सुरु गर्न माग गरेकी हुन् ।
उनले सहिदको बलिदान र घाइतेको पिडालाई केबल सम्मानसम्मान मात्रै नभएर व्यवहारिक रूपमा पनि न्याय दिन सरकारसँग आग्रह गरिन् ।




