spot_img

पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनपछि आज देशभरका अदालत बन्द

spot_img
spot_img

काठमाडाै,०७ जेठ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आज बिहीबार देशभरका अदालतहरूमा शोक बिदा दिइएको छ। यससँगै सर्वोच्च अदालतसहित सबै अदालतका नियमित इजलास र न्यायिक कामकाज स्थगित भएका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार ९७ वर्षको उमेरमा प्रधानको बुधबार निधन भएको हो। न्याय क्षेत्रमा उनले पुर्‍याएको योगदानको सम्मानस्वरूप सर्वोच्च अदालतले शोक बिदा दिने निर्णय गरेको जनाएको छ।

शोक बिदाका कारण आज कुनै पनि इजलास सञ्चालन नहुने तथा नियमित सुनुवाइसमेत प्रभावित हुने अदालत प्रशासनले जानकारी दिएको छ।

पूर्वन्यायाधीश प्रधान नेपालको न्यायिक क्षेत्रका अनुभवी र सम्मानित व्यक्तित्वका रूपमा चिनिन्थे। उनको निधनले न्याय क्षेत्रले एक वरिष्ठ र अनुभवी कानुनविद् गुमाएको टिप्पणी गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय