spot_img

डाबर हनी’ बिक्रीमा रोक, कम्पनीलाई फिर्ता गर्न आदेश

spot_img
spot_img

वीरगन्ज,०७ जेठ । डाबर नेपाल द्वारा उत्पादन गरिएको ‘डाबर हनी’ गुणस्तरहीन तथा अखाद्य भेटिएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरिएको महको नमुना परीक्षण गर्दा उत्पादनले निर्धारित खाद्य मापदण्ड पूरा नगरेको जनाएको हो। परीक्षणपछि जारी गरिएको सूचनामा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित उद्योगबाट उत्पादन गरिएको उक्त मह खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार न्यूनस्तरको पाइएकाले कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख छ।

प्रयोगशाला परीक्षणमा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पुष्टि भएपछि विभागले ऐनको दफा ३८ (२) अनुसार ‘डाबर हनी’ को बिक्री–वितरण रोक्न तथा बजारमा पुगेका उत्पादन तत्काल फिर्ता गर्न कम्पनीलाई निर्देशन दिएको हो।
विभागले उपभोक्तालाई पनि गुणस्तर सुनिश्चित नभएका खाद्य वस्तु प्रयोग गर्दा सतर्क रहन आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय