spot_img

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वीरगन्जमा खुला रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगन्ज,०७ जेठ । महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा वीरगन्जमा खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। वीरगन्जस्थित श्रीपुर शाखा (मुर्ली परिसर) मा आयोजित कार्यक्रममा एक महिलासहित २२ जनाले रक्तदान गरेका छन्। रक्तदाताहरूमा सन्जु श्रेष्ठ, विवेक ठाकुर, सुरेश सापकोटा, सैफुल्ला देवान, विजय प्रसाद हजाम, अजय साह तेलीलगायत सहभागी थिए।

कार्यक्रम महालक्ष्मी विकास बैंक श्रीपुर शाखाका प्रमुख ललन साह कानुको अध्यक्षतामा सम्पन्न भएको हो। बैंकका निर्देशक तथा समाजसेवी श्यामसुन्दर रुंगटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

त्यसैगरी कार्यक्रममा प्रदेश प्रबन्धक सुदीप चन्द्र पोखरेल, मर्निङ शाखा प्रबन्धक अरुण कुमार यादव, वीरगञ्ज शाखा प्रबन्धक टिंकु रौनियार, गरिमा विकास बैंकका शाखा प्रबन्धक राजिव कुमार झा, लुम्बिनी विकास बैंकका शाखा प्रबन्धक सुरज कोइराला, समाजसेवी राजेन्द्र भट्टराई, बैंकका सेवाग्राही, कर्मचारी तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रमुख अतिथि रुंगटाले रक्तदानलाई “जीवनदान” भन्दै यसले समाजमा जात, धर्म, वर्ग वा कुनै पनि प्रकारको भेदभावलाई नकार्दै मानवताको भावना मजबुत बनाउने बताए। उनले नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गर्दै रक्तदाता, ग्राहक, अतिथि तथा कर्मचारीहरूलाई वार्षिकोत्सवको शुभकामना व्यक्त गरे।

शाखा प्रमुख ललन साह कानुले बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै देशभर विभिन्न शाखामार्फत यस्ता सामाजिक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनले रक्तदानमा सहभागी सबैप्रति आभार व्यक्त गरे।

रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा रहेको स्वयंसेवक टोलीले प्राविधिक तथा व्यवस्थापकीय सहजीकरण गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय