spot_img

प्रहरी कार्यालयकै अगाडिबाट मोटरसाइकल चोरी

spot_img
spot_img

बीरगन्ज,०९ जेठ ।  जिल्ला प्रहरी कार्यालय पर्साकै मुख्य गेट अगाडिबाट दिनदहाडै मोटरसाइकल चोरी भएपछि बीरगन्जको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

शुक्रबार दिउँसो करिब २ः१२ बजे जिल्ला प्रहरी कार्यालय अगाडि पार्किङ गरेर राखिएको मधेश प्रदेश ०३–०३९ प ७१७८ नम्बरको केटिएम डुक मोटरसाइकल अज्ञात व्यक्तिले चोरी गरेको हो। चोरी भएको मोटरसाइकल धोबिनी गाउँपालिका–१ निवासी प्रमेश्वर साह रौनियारको नाममा दर्ता रहेको बताइएको छ।

घटना जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा तथा जिल्ला हुलाक कार्यालय नजिकैको अत्यन्त व्यस्त क्षेत्रमा भएको हो। स्थानीयका अनुसार उक्त क्षेत्रमा दिनभर प्रहरी र ट्राफिक प्रहरीको बाक्लो उपस्थिती रहने गर्छ।

प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेजमा देखिएको व्यक्ति यसअघि भएका अन्य मोटरसाइकल चोरी घटनामा पनि संलग्न हुन सक्ने आशंका गरिएको छ। तर पटक–पटक फुटेजमा देखिए पनि आरोपी पक्राउ नपरेपछि प्रहरीको अनुसन्धान र सक्रियतामाथि प्रश्न उठ्न थालेको छ।

पीडित पक्षले घटनास्थलको सिसिटिभी फुटेज माग्दा प्रहरी प्रशासनले उपलब्ध नगराएको आरोपसमेत लगाएको छ। मोटरसाइकल चोरीबारे सवारीधनीले जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराइसकेको बताइएको छ।

प्रहरी कार्यालयकै गेट अगाडिबाट चोरीको घटना भएपछि सर्वसाधारणले बीरगन्जको सुरक्षा प्रणाली कमजोर बन्दै गएको टिप्पणी गर्न थालेका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय