spot_img

स्वच्छ समाज युवा क्लबद्वारा एसईई उत्तीर्ण विद्यार्थी सम्मानित

spot_img
spot_img

बारा,१० जेठ । स्वच्छ समाज युवा क्लब ले परवानीपुर गाउँपालिका–५ बहुअरी टोलमा एसईई परीक्षा उत्तीर्ण गरेका २५ जना विद्यार्थीलाई सम्मान गरेको छ। शनिबार आयोजित कार्यक्रममा क्लबले लगातार तेस्रो वर्ष विद्यार्थी सम्मान कार्यक्रम सञ्चालन गरेको हो।

सम्मानित हुने विद्यार्थीहरूमा सुषमा कुमारी पटेल, अनामिका कुमारी पटेल, आशिष पटेल, मुस्कान कुमारी, राहुल ठाकुर, राहुल कुमार, निखिल पटेललगायत रहेका थिए। कार्यक्रममा सबैभन्दा बढी GPA ल्याउने प्रिन्स कुमार साह लाई विशेष सम्मान गरिएको थियो। वडा अध्यक्ष रामेश्वर साह कलवार ले उनलाई नगद ५ हजार रुपैयाँ प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि पूर्व संविधानसभा सदस्य जयप्रकाश पटेल ले युवा क्लबले विद्यार्थीको मनोबल बढाउने काम गरेको भन्दै प्रशंसा गरे। उनले शिक्षा सँगसँगै संस्कार र अनुशासनलाई पनि प्राथमिकता दिन विद्यार्थीलाई आग्रह गरे।

समाजसेवी शिवशंकर पटेल ले बहुअरी टोल शिक्षित तथा बुद्धिजीवी उत्पादन गर्ने गाउँका रूपमा परिचित रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले गाउँको शैक्षिक पहिचान अझ बलियो बनाउने बताए। उनले विद्यार्थीलाई अग्रजबाट प्रेरणा लिएर अघि बढ्न सुझाव दिए।

त्यसैगरी अधिवक्ता रामचन्द्र सिंह ले विद्यार्थीलाई अनुशासन र व्यवहारिक शिक्षामा जोड दिन आग्रह गरे भने युवा नेता सञ्जु साह ले शिक्षा नै व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए।

कार्यक्रममा डा. अर्जुन पटेल, डा. प्रमोद यादव, जितेन्द्र बर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए।

यस अवसरमा नेपाल कम्युनिस्ट पार्टी का नेता अजय पटेल ले गरिब तथा मेहनती विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने घोषणा गरे। साथै हेरिटेज पब्लिक माध्यमिक विद्यालय का सञ्चालक मंगेश्वर यादव ले आर्थिक रूपमा कमजोर तथा मेहनती विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गरिने घोषणा गरेका थिए।

कार्यक्रममा प्राध्यापक सरोज कुमार यादव लाई शिक्षामा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो। साथै शिक्षक सतिश पटेल, पत्रकार आनन्द पटेल तथा शान्ति सुरक्षामा योगदान दिएका सई तेजप्रताप सिंहलाई पनि सम्मान गरिएको थियो।

भूपेन्द्र पटेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबले आगामी दिनमा युवाको रोजगारी, स्वास्थ्य शिविर तथा खेलकुदसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रम श्री विष्णु नारायण धर्मशालामा सम्पन्न भएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय