spot_img

रुस प्रस्थान गरे माधवकुमार नेपाल

spot_img
spot_img

काठमाडौँ,१० जेठ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन्।

रुसी कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल शनिबार पार्टी प्रवक्ता प्रकाश ज्वाला सहित मस्को गएका हुन्।

नेकपाका अनुसार नेपालले सोमबार आयोजना हुने कम्युनिस्ट सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। रुस भ्रमणका क्रममा उनले गेन्नाडी जुहानोभ सँग पनि भेटवार्ता गर्नेछन्।

भेटमा नेपाल–रुस सम्बन्ध, दुई देशका कम्युनिस्ट पार्टीबीचको सहकार्य तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय