spot_img

मधेस प्रदेशमा आज मौसम मिश्रित, केही स्थानमा वर्षाको सम्भावना

spot_img
spot_img

वीरगन्ज,१० जेठ । जल तथा मौसम विज्ञान विभाग का अनुसार आज देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिकको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। यसको असरले देशका विभिन्न भागमा सामान्यदेखि आंशिक बदली र वर्षा भइरहेको छ।

विभागका अनुसार आज मधेस प्रदेशमा अधिकांश समय मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। तर केही स्थानहरूमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

हाल कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ। दिउँसोको समयमा कोसी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेससहित अन्य तराई क्षेत्रमा आंशिक बदली मात्र रहने अनुमान गरिएको छ।

विशेषगरी मधेस प्रदेश तथा बागमती र गण्डकीका तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। यसैगरी कोसी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको समेत सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको छ भने मधेस र कोसीका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ। राति भने अधिकांश तराई र पहाडी क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। विभागले सम्भावित वर्षा, चट्याङ, हावाहुरी र तातो लहरबाट सतर्क रहन सबैलाई आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय