spot_img

पर्सामा नागरिकता काण्ड: भारतीय बच्चा साेनार दाजुभाइलाई नेपाली वंशज नागरिकता

spot_img
spot_img

वीरगंज,१० जेठ –  जिल्ला प्रशासन कार्यालय पर्सामार्फत नागरिकता वितरणमा आर्थिक एक पटक फेरि उठेकाे छ  । विशेषगरी तराईका जिल्लाहरूमा पैसाको लेनदेनका आधारमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिइएको विषय राष्ट्रिय सञ्चारमाध्यममा बारम्बार उठ्ने गरेको सर्वविदित छ ।यद्यपि यस्ता आरोपका बाबजुद पनि नागरिकता वितरणमा अनियमितता रोकिएको देखिँदैन ।

पर्सा जिल्लाबाट यस्तै एउटा गम्भीर प्रकरण सार्वजनिक भएको छ ।यसलाई सरल रूपमा बुझ्दा—वीरगञ्जस्थित ‘आर.के. एण्ड सन्स’ सुनचाँदी पसलका सञ्चालक रामनाथ साह सोनार भारतीय नागरिक भएको दाबी गरिएको छ । उनी भारत, बिहार राज्यको आदापुर प्रखण्ड अन्तर्गत सिरिसियाकला पञ्चायतका बासिन्दा हुन् । उनका पिता महादेव साह सोनारका नाममा रामनाथसहित पाँच दाजुभाइ भारतीय नागरिकका रूपमा बिहार पञ्चायत निर्वाचन नामावली (२०२१–२०२६) मा समावेश रहेको विवरण पाइन्छ ।यस तथ्यअनुसार ती सबै दाजुभाइ भारतीय नागरिक भएको देखिन्छ, जुन जोसुकैले पनि बिहार सरकारको आधिकारिक वेबसाइटमा हेर्न सक्छन् । सो सूचीमा फोटोसहित विवरण राखिएको छ, जहाँ बच्चा साहको पनि उल्लेख छ र उनको उमेर ५५ वर्ष देखाइएको छ ।तर यही परिवारका सदस्यले पर्सा जिल्लाबाट वंशजका आधारमा नेपाली नागरिकता लिएको तथ्य बाहिर आएको छ ।

महादेव साह सोनारकै नामबाट साविक बगही गाउँपालिका–३ (हाल वीरगञ्ज महानगरपालिका–२८) बाट रामनाथ साह सोनार तथा बच्चा साह उर्फ रामनरेश साह सोनारले नेपाली नागरिकता लिएको प्रमाण भेटिएको छ ।रामनाथले २०५४ साल मंसिर ११ गते आफ्नो भारतीय बुवाकै नाममा वंशज नागरिकता प्राप्त गरेका थिए, जसमा तत्कालीन प्रशासकीय अधिकृत गिरिधारी ढकालको हस्ताक्षर रहेको छ ।

यद्यपि उनी भारतका नागरिक भएको प्रमाणहरू उपलब्ध छन् र उक्त नागरिकताको छानबिनका लागि २०७८/०७/०१ मा जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन पनि दर्ता गरिएको थियो ।तर अहिले उनीहरू नेपालमा वंशज नागरिकका रूपमा बसोबास गरिरहेका छन्, जसले राज्यका विभिन्न सुविधाहरू प्राप्त गरिरहेका छन् ।वंशज नागरिकताका कानुनी प्रावधाननेपाल नागरिकता नियमावली, २०६३ अनुसार वंशज नागरिकता लिन कडा प्रक्रिया तोकिएको छ । नियम ३ अनुसार १६ वर्ष पूरा गरेका व्यक्तिले प्रमुख जिल्ला अधिकारीसमक्ष निम्न कागजातसहित निवेदन दिनुपर्ने हुन्छ:– बाबु, आमा वा तीन पुस्ताभित्रका नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र– जन्मस्थान र नाता खुल्ने स्थानीय निकायको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र– नाता प्रमाणित गर्ने कागजात– आवश्यक प्रमाण नपुगेमा स्थानीय बासिन्दाको सर्जमिन तथा सनाखतयदि सिफारिस वा सनाखतमा शंका लागेमा सम्बन्धित अधिकारीले थप अनुसन्धान गर्न सक्ने प्रावधान पनि छ ।

प्रशासन किन मौन?उक्त कानुनी व्यवस्था अनुसार रामनाथ साह सोनारको नागरिकता प्रक्रिया मिल्दैन भन्ने देखिन्छ । तीन पुस्ते प्रमाण नहुँदा पनि भारतीय बुवाकै नाममा नागरिकता लिएको विषय गम्भीर बनेको छ ।यस विषयमा प्रमाणसहित उजुरी दर्ता हुँदाहुँदै पनि अहिलेसम्म कुनै ठोस कारबाही नहुनु प्रशासनमाथि प्रश्न खडा गर्ने विषय बनेको छ । यसले तराई क्षेत्रमा नागरिकता वितरणमा अनियमितता भइरहेको आशंका थप बलियो बनाएको छ ।

पूर्व प्रशासकहरूका अनुसार लोभ र दबाबका कारण यस्ता घटनाहरू हुने गरेका छन् । उनीहरूको भनाइमा—यस्तो कार्य राष्ट्रहित विपरीत हो र दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्छ ।नागरिकता जस्तो संवेदनशील विषयमा जिल्ला प्रशासन कार्यालयको मौनता र अनुसन्धानको ढिलाइले थप शंका उत्पन्न गरेको छ ।

यसबारे तत्कालीन प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अनुसन्धान सुरु भएको बताएका थिए, तर हालसम्म त्यसको प्रगति स्पष्ट छैन ।त्यसपछि आएका अन्य प्रमुख जिल्ला अधिकारीहरूले पनि विषयलाई अघि बढाएको देखिँदैन । साथै, सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक, ललितपुरमा समेत २०७८/०८/२० मा उजुरी दर्ता भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय