spot_img

लिटिल बडी प्रि–स्कुलमा निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर

spot_img
spot_img

वीरगंज — वीरगंज महानगरपालिका–८ पानीटंकीस्थित लिटिल बडी प्रि–स्कुलमा आइतबार निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकको सहकार्यमा आयोजित शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालयका निर्देशक विजय कुमार बलले बालबालिकामा सानैदेखि दाँतको सरसफाइ र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए। उनका अनुसार चिकित्सकको सुझावले बालबालिकामा दन्त स्वास्थ्यसम्बन्धी सकारात्मक बानी विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

शिविरमा दन्त चिकित्सक डा. आमिर आलम र डा. भावना कुमारी झाले विद्यार्थीहरूको दाँत परीक्षण गर्नुका साथै अभिभावकलाई दन्त सरसफाइ, नियमित परीक्षण र सावधानीका विषयमा जानकारी दिएका थिए। डा. झाले बालबालिकामा अत्यधिक गुलियो खाने बानीका कारण दाँतसम्बन्धी समस्या बढ्दै गएको उल्लेख गर्दै समयमै परीक्षण गराउन अभिभावकलाई आग्रह गरिन्।

विद्यालयकी सुप्रिया पौडेलको संयोजनमा सम्पन्न कार्यक्रममा करिब १५० जनाले सेवा लिएको विद्यालयले जनाएको छ। साथै शिविरमा सहभागी विद्यार्थी, शिक्षक र अभिभावकलाई स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकमा थप उपचारमा विशेष छुटको व्यवस्था गरिएको जानकारी दिइएको छ।

विद्यालयका मिडिया संयोजक दिपु कुमार वर्णवालका अनुसार विद्यालयले आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय