spot_img

विद्युतिय चुलो र बायोग्यास प्रवर्द्धनका लागि स्थानीय तहसँग सहकार्य

spot_img
spot_img

काठमाडाै,१२ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, ताहाचल काठमाडौंले सञ्चालन गरिरहेको ‘स्वच्छ चुलो कार्यक्रम’ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सोमबार बाँकेको कोहलपुरमा सम्पन्न भएको छ।

कोहलपुरस्थित सेन्ट्रल प्लाजा होटलमा आयोजित कार्यक्रममा बाँके, बर्दिया र दाङ जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यक्रम फोकल पर्सन तथा सामाजिक परिचालकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता क्लस्टर नम्बर ४ का परियोजना संयोजक इञ्जिनियर नारायण घिमिरेले गरेका थिए।

कार्यक्रममा बोल्दै संयोजक घिमिरेले तराईका झापादेखि कञ्चनपुरसम्मका २२ जिल्लाका २८४ स्थानीय तहमध्ये १५० स्थानीय तह छनोट गरी परियोजना सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार कार्यक्रमलाई चार क्लस्टरमा विभाजन गरिएको छ भने क्लस्टर नम्बर ४ अन्तर्गत दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ स्थानीय तहमा योजना कार्यान्वयन भइरहेको छ।

परियोजनाअन्तर्गत विद्युतीय चुलो वितरण, तह–३ सुधारिएको चुलो तथा घरेलु बायोग्यास (गोबर ग्यास) जडान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, हरित जलवायु कोष, स्थानीय तह तथा उपभोक्ताको संयुक्त लागत सहभागिता रहनेछ।

लाभग्राही छनोटका लागि स्थानीय तहलाई जिम्मेवारी दिइएको छ। विद्युतीय चुलो जडानका लागि कम्तीमा १५ एम्पियर क्षमताको मिटर जडान भएको हुनुपर्ने वा स्तरोन्नति गर्ने प्रतिबद्धता आवश्यक पर्नेछ। सुधारिएको चुलोका लागि दाउरा वा बायोग्यासको सहज उपलब्धता हुनुपर्ने तथा घरेलु बायोग्यास जडानका लागि कम्तीमा एउटा गाईवस्तु पालिएको हुनुपर्ने मापदण्ड तोकिएको छ।

त्यस्तै सामाजिक तथा आर्थिक आधारमा महिला घरमूली भएका परिवार, एकल महिला, आदिवासी, दलित, पिछडिएको वर्ग तथा शारीरिक रूपमा अशक्त सदस्य भएका परिवारलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।

परियोजनाका आर्थिक प्रशासन प्रमुख तारा पोख्रेलका अनुसार सन् २०२५ देखि २०३० सम्म सञ्चालन हुने यस कार्यक्रममार्फत पाँच लाख विद्युतीय चुलो, १० हजार बायोग्यास प्लान्ट तथा चार लाख ९० हजार सुधारिएका चुलो वितरण गर्ने लक्ष्य राखिएको छ। उनले आगामी आर्थिक वर्षदेखि कार्यक्रम लागू भएका प्रत्येक पालिकामा सर्भिस सेन्टर स्थापना गरिने पनि जानकारी दिए।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा फोकल पर्सनहरूले चालु आर्थिक वर्षभित्रै छनोट भएका उपभोक्तालाई सामग्री उपलब्ध गराउन आग्रह गरेका थिए। कार्यक्रम सञ्चालन क्लस्टर ४ की उपसंयोजक पेन्पा गुरुङले गरेकी थिइन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय