spot_img

त्रिभुवन विमानस्थलमा नेपाली उत्पादनलाई प्राथमिकता दिन सांसद श्रेष्ठको माग

spot_img
spot_img

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै पसलमा नेपाली उत्पादनलाई अनिवार्य रूपमा स्थान दिन सरकारसँग माग गरेकी छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले विमानस्थललाई नेपालको स्वाद, संस्कृति र पहिचान विश्वसामु चिनाउने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्नुपर्ने बताइन्। दैनिक हजारौँ यात्रु नेपालबाट बाहिरिने भएकाले उनीहरूमार्फत नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सकिने उनको भनाइ थियो।

सांसद श्रेष्ठले विमानस्थलभित्रका पसल तथा टेन्डर प्रक्रियामा नेपाली उत्पादनका लागि छुट्टै ‘डेडिकेटेड सेक्शन’ व्यवस्था गर्न सरकार र विमानस्थल व्यवस्थापनलाई आग्रह गरिन्। विशेष गरी घरेलु तथा साना उद्यमीले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन्।

उनले नेपाल चिनाउने स्वाद, हस्तकला तथा ‘मेड इन नेपाल’ सामग्रीको उपस्थिति अझै कमजोर रहेको उल्लेख गर्दै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न विमानस्थललाई प्रभावकारी बजारका रूपमा विकास गर्नुपर्ने धारणा राखिन्।

सांसद श्रेष्ठका अनुसार नेपाली उत्पादनलाई विमानस्थलमार्फत अन्तर्राष्ट्रिय यात्रुसम्म पुर्‍याउन सके नेपालको पहिचान विश्वमाझ अझ बलियो बन्नुका साथै स्वदेशी उद्यमीले पनि प्रत्यक्ष लाभ लिन सक्नेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय