spot_img

पत्रकार आचरण विपरीतका काम नगर्न काउन्सिलको आग्रह

spot_img
spot_img

काठमाडाै,१४ जेठ । प्रेस काउन्सिल नेपालले पेसागत आचरण विपरीतका काम नगर्न, नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्ता लगायतसँग आग्रह गरेको छ ।

पछिल्लो समय स्वअनुगमनबाट त्यस्ता प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले विज्ञप्ति निकालेर त्यस्ता विभिन्न प्रवृत्ति र क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलका अनुसार अनलाइन न्युज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मिडियाको नामबाट वा सम्बद्ध सञ्चारकर्मीद्वारा सञ्चालित सामाजिक सञ्जालबाट ‘भ्यूअर’ बढाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति देखिएको छ ।

यस्तै, बिनाअनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहारको प्रस्तुत गर्ने, हप्कीदप्की एवं दुर्व्यवहारजन्य क्रियाकलाप गर्ने, विद्यालय हाताभित्र गई अभिभावक, शिक्षक र संरक्षकको अनुमतिबेगर बालबालिकासँग अन्तर्वार्ता लिई ‘भिडियो अपलोड’ गर्ने गरिएको छ ।

सञ्चारमाध्यमबाट तथ्यहीन, अपुष्ट आरोपहरू लगाई व्यक्तिको चरित्र एवं गोपनीयता प्रतिकूल हुने एवं व्यावसायिक साखमा असर गर्ने गरी मिथ्या-भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य आचारसंहिता विपरीत भन्दै काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय