spot_img

बारामा ४ किलोभन्दा बढी गाँजासहित महिला पक्राउ

spot_img
spot_img

बीरगन्ज,१४ जेठ । बारा जिल्लामा लागूऔषध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र साहको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा जीतपुरसिमरा उपमहानगरपालिका–१४ खयरघारीस्थित एक घरमा छापा मारेको थियो।

छापा क्रममा घरभित्र लुकाइछिपाइ राखिएको करिब ४ किलो ४ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। उक्त गाँजा घरधनी विक्रम स्याङतानको सुत्ने कोठाभित्र बोरा भित्र राखिएको अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार सोही घरबाट विक्रम स्याङतानकी ४८ वर्षीया श्रीमती मित्रा देवी स्याङतानलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले पक्राउ परेकी स्याङतानमाथि बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय