spot_img

जगरनाथपुरमा युवालाई क्रिकेट सामग्री सहयोग

spot_img
spot_img

बीरगन्ज,१५ जेठ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ३ बिजबनियाका युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले समाजसेवी बृजेश प्रसाद चौधरीले क्रिकेट खेल सामग्री सहयोग गरेका छन्।

स्थानीय युवाहरूको खेल प्रतिभा विकास तथा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित चौधरीले एक थान क्रिकेट ब्याट र ६ थान स्टम्प हस्तान्तरण गरेका हुन्। सामग्री वितरण कार्यक्रम स्थानीयस्तरमै सम्पन्न भएको थियो।

कार्यक्रममा समाजसेवी चौधरीसँगै सरफुदिन आलम, घनश्याम यादव, शुभनारायण यादव लगायत स्थानीय बुद्धिजीवी तथा युवाहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा चौधरीले युवाहरूलाई खेलकुदमार्फत अनुशासित, स्वस्थ र सकारात्मक मार्गतर्फ अघि बढाउन आफूले निरन्तर सहयोग गर्दै आएको बताए। उनले आगामी दिनमा पनि खेलकुद सामग्री वितरणसँगै गरिब तथा असहाय परिवारलाई खाद्यान्न, कपडा र आर्थिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीहरूले चौधरीको पहलको प्रशंसा गर्दै यसले गाउँका युवाहरूमा खेलकुदप्रतिको रुचि बढ्नुका साथै नयाँ प्रतिभा उत्पादनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय