spot_img

पूर्व मुख्यमन्त्री सोनलको पहलमा बंगरी नदीमा पुल निर्माण प्रक्रिया सुरु

spot_img
spot_img

बारा,१५ जेठ । बाराको फेटा गाउँपालिका–१ रजवटियाघाट क्षेत्रमा बंगरी नदीमा पुल निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। वर्षौंदेखि स्थानीयवासीले माग गर्दै आएको यो योजना पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल को पहलमा अगाडि बढेको हो।

प्रदेश सरकारबाट स्वीकृत उक्त योजनाअन्तर्गत डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पार्न प्राविधिक टोलीले स्थल सर्वेक्षण सुरु गरिसकेको छ। सम्बन्धित निकायका अनुसार चालु आर्थिक वर्षमै ठेक्का प्रक्रिया अघि बढाइने लक्ष्य राखिएको छ।

स्थानीयवासीका अनुसार बंगरी नदीमा पुल नहुँदा वर्षौंदेखि आवतजावतमा कठिनाइ भोग्नुपरेको थियो। वर्षायाममा झन् समस्या बढ्ने गरेको थियो। पुल निर्माण सम्पन्न भएपछि बाराको विश्रामपुर क्षेत्र हुँदै इटियाही जोडिएर पर्साको प्रमुख व्यापारिक केन्द्र वीरगञ्जसम्म सहज सडक पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

यस परियोजनाबाट हजारौँ स्थानीय प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ। स्थानीयवासीले पुल निर्माण प्रक्रिया सुरु भएकोमा खुसी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय