spot_img

सदस्यता विवाद चर्किँदा पत्रकार महासंघ पर्सामा तालाबन्दी

spot_img
spot_img

वीरगन्ज,१५ जेठ । सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणको माग गर्दै आन्दोलनरत पत्रकारहरूले नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा तालाबन्दी गरेका छन्।

पूर्वघोषित कार्यक्रमअनुसार नेपाल पत्रकार महासंघ पर्साको कार्यालयमा पत्रकार संघर्ष समितिले मूल गेटमै तालाबन्दी गरेको हो। दुई दिनदेखि जारी धर्नाप्रति महासंघ नेतृत्वले चासो नदेखाएको आरोप लगाउँदै आन्दोलन थप सशक्त बनाइएको समितिले जनाएको छ।

संघर्ष समितिका संयोजक अनुप तिवारीको नेतृत्वमा पुगेको टोलीले तालाबन्दी गर्दै सदस्यता वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र व्यवस्थित बनाउन माग गरेको छ।

तिवारीले पत्रकारहरूको हकहित र महासंघको शुद्धीकरणका लागि आन्दोलन जारी रहने उल्लेख गर्दै माग पूरा नभएसम्म संघर्ष नरोकिने चेतावनी दिए। उनले योग्य पत्रकारलाई सदस्यता प्रदान गर्दै शुद्धीकरण प्रक्रिया तत्काल अघि बढाउन पुनः आग्रह गरेका छन्।

संघर्ष समितिले आगामी दिनमा थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संकेत समेत दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय