spot_img

वीरगन्जमा पानी विवादले उग्र रूप लिँदा दुई महिला गम्भीर घाइते, तीन जना पक्राउ

spot_img
spot_img

वीरगन्ज,१५ जेठ । वीरगन्ज महानगरपालिका–२४ रामगढवा स्थित बजरंग हल नजिक पानी प्रयोगको विषयलाई लिएर भएको विवाद कुटपिटमा परिणत हुँदा दुई जना महिला गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय बिन्दा देवी चौरसिया र बहुदरमाई–८ निवासी फुला कुमारी रहेका छन्। कुटपिटबाट दुवैको टाउकोमा गम्भीर चोट लागेको छ। बिन्दा देवीलाई ५ वटा र फुला कुमारीलाई ७ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ। उनीहरूको उपचार नारायणी अस्पतालमा भइरहेको छ।

स्थानीयका अनुसार बिहान पानी प्रयोगलाई लिएर सामान्य भनाभन सुरु भएको थियो। सोही विवाद चर्किँदै जाँदा कुटपिटको घटना भएको हो। घटनापछि केही समय स्थानीय क्षेत्रमा तनावको अवस्था समेत सिर्जना भएको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामायण पटेल, उनका छोरा अमित पटेल र १८ वर्षीय राहुल पटेल रहेका छन्। वडा प्रहरी कार्यालय श्रीपुरले तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय