spot_img

तीन महिनाको इन्धन भण्डारण गर्ने सरकारको योजना, एआईमा लगानी गर्न ‘मातृभूमि कोष’ स्थापना गरिने

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले ऊर्जा सुरक्षालाई मजबुत बनाउन कम्तीमा तीन महिनासम्म पुग्ने इन्धन भण्डारण क्षमता विकास गर्ने योजना अघि सारेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन यस्तो नीति लिएको हो।

सरकारले आकस्मिक अवस्था, प्राकृतिक विपद् वा आपूर्ति अवरोधको समयमा पनि इन्धन अभाव हुन नदिन पर्याप्त भण्डारण पूर्वाधार निर्माण गर्ने जनाएको छ। यसका लागि आवश्यक संरचना विस्तार तथा भण्डारण क्षमता वृद्धि गरिने बताइएको छ।

त्यसैगरी सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी तथा नवप्रवर्तन प्रवर्द्धन गर्न ‘मातृभूमि कोष’ स्थापना गर्ने घोषणा गरेको छ। सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्यसहित उक्त कोषमार्फत एआई, प्रविधि अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा लगानी गरिने सरकारको योजना छ।

सरकारले एआईलाई भविष्यको आर्थिक विकास र रोजगारी सिर्जनाको महत्वपूर्ण आधारका रूपमा लिँदै स्वदेशमै प्रविधिमैत्री वातावरण निर्माण गर्न यस्तो कदम अघि सारेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय