spot_img

सेयर बजारमा एनआरएनको लगानी भित्र्याउन कानुनी व्यवस्था संशोधन गरिने

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको सेयर बजारमा आकर्षित गर्न नीतिगत तथा कानुनी व्यवस्था परिमार्जन गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा एनआरएनहरूको सहभागिता बढाउन विदेशी लगानीसम्बन्धी विद्यमान व्यवस्थामा सुधार गरिने बताएका हुन्।

उनका अनुसार गैरआवासीय नेपालीलाई धितोपत्र बजारको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता तथा पूँजीगत लाभकरसम्बन्धी कानुनी प्रावधान संशोधन गरिनेछ।

सरकारले पूँजी बजार विस्तार, विदेशी मुद्रा भित्र्याउने तथा लगानीको दायरा बढाउने उद्देश्यले यस्तो नीति अघि सारेको जनाएको छ। यसबाट विदेशमा रहेका नेपालीलाई स्वदेशको पूँजी बजारमा लगानी गर्न सहज हुने विश्वास गरिएको छ।

अर्थमन्त्री वाग्लेले सेयर बजारलाई थप व्यवस्थित, विश्वसनीय र लगानीमैत्री बनाउँदै निजी क्षेत्र तथा वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको उल्लेख गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय