spot_img

पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा लागू गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबारबाट प्राप्त लाभमा तिर्ने पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिएको जानकारी दिएका हुन्।

यस व्यवस्थाअनुसार अब लगानीकर्ताले पूँजीगत लाभकर तिरेपछि उक्त आम्दानीमा थप कर लाग्ने छैन। साथै पूँजीगत लाभबाट प्राप्त आय व्यक्तिगत आयकरको दायराभित्र समेत गणना नहुने सरकारको स्पष्ट व्यवस्था छ।

हालको व्यवस्थाअनुसार एक वर्षभन्दा कम अवधिसम्म सेयर होल्ड गर्ने लगानीकर्ताले ७.५ प्रतिशत तथा एक वर्षभन्दा बढी अवधिसम्म सेयर होल्ड गर्नेले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन्।

सरकारको यो निर्णयले पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढ्नुका साथै कर प्रणालीलाई थप स्पष्ट र लगानीमैत्री बनाउने अपेक्षा गरिएको छ। अर्थमन्त्री वाग्लेले पूँजी बजारलाई व्यवस्थित र विस्तार गर्दै लगानी वातावरण सुधार गर्ने सरकारको नीति रहेको बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय