spot_img

विज्ञान, प्रविधि र नवप्रवर्द्धन क्षेत्रमा बजेट वृद्धि

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्द्धन क्षेत्रमा विशेष बजेट विनियोजन गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्द्धन क्षेत्रमा छुट्याइएको जानकारी दिएका हुन्।

यो व्यवस्था सांसद तथा वैज्ञानिक महावीर पुनले लामो समयदेखि उठाउँदै आएको मागअनुसार गरिएको मानिएको छ। पुनले अनुसन्धान तथा नवप्रवर्द्धनका लागि निश्चित अनुपातमा बजेट छुट्याउनुपर्ने माग गर्दै आएका थिए।

सरकारले प्रविधिमैत्री विकास, अनुसन्धान प्रवर्द्धन तथा नवप्रवर्तनलाई आर्थिक रूपान्तरणको आधारका रूपमा अघि बढाउने नीति लिएको जनाएको छ। बजेटमार्फत अनुसन्धान, सूचना प्रविधि, डिजिटल नवप्रवर्तन तथा वैज्ञानिक अध्ययनलाई प्रोत्साहन गरिने सरकारको योजना छ।

अर्थमन्त्री वाग्लेले देशमा वैज्ञानिक सोच, अनुसन्धान संस्कृति तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न राज्यले आवश्यक लगानी र पूर्वाधार विकासमा जोड दिने बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय