spot_img

ठूला किसानलाई ४० प्रतिशतसम्म अनुदान दिने सरकारको योजना

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न ठूला किसानका लागि विशेष अनुदान कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्तीमा २ करोड रुपैयाँसम्म लगानी गर्ने किसानलाई लक्षित गरी ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

सरकारका अनुसार व्यावसायिक कृषि प्रणालीलाई विस्तार गर्दै उत्पादन क्षमता वृद्धि गर्ने र आधुनिक प्रविधिको प्रयोगलाई बढावा दिने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको हो।

यस योजनामार्फत ठूलो लगानी गर्ने किसानलाई प्रोत्साहन गर्दै कृषि क्षेत्रलाई व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने सरकारको लक्ष्य रहेको छ।

अर्थमन्त्री वाग्लेले कृषि क्षेत्रलाई अर्थतन्त्रको आधारशिला मान्दै उत्पादन वृद्धि, लागत न्यूनीकरण र बजार पहुँच विस्तारका लागि विभिन्न नयाँ कार्यक्रमहरू लागू गरिने बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय