spot_img

निजामती, सेना, प्रहरी र शिक्षकको सेवा–सुविधा निरन्तर वृद्धि हुने

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा शिक्षकहरूको सेवा–सुविधा सम्मानजनक रूपमा निरन्तर वृद्धि गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी तन्त्रलाई मर्यादित, सक्षम र जवाफदेही बनाउन सेवा–सुविधा सुधारलाई निरन्तरता दिइने बताएका हुन्।

उनका अनुसार निजामती प्रशासन, सुरक्षा निकाय तथा शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिको जीवनस्तर सुधार, कार्यसम्पादन क्षमता वृद्धि र पेशागत मर्यादा कायम राख्ने उद्देश्यले सेवा–सुविधा क्रमशः वृद्धि गरिनेछ।

अर्थमन्त्री वाग्लेले भने, “कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न, सक्षम उच्चस्तरीय कार्यसम्पादन गर्न, कुशल र जवाफदेही बनाउन निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपमा निरन्तर वृद्धि हुने व्यवस्था मिलाएका छौं।”

सरकारले सार्वजनिक सेवामा संलग्न जनशक्तिको मनोबल उच्च राख्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने नीति लिएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय