spot_img

मनियारीमा गायत्री महायज्ञ तथा प्रज्ञा पुराण कथा शुभारम्भ, पूर्वमन्त्री प्रदीप यादवद्वारा उद्घाटन

spot_img
spot_img

बीरगन्ज,१६ जेठ । बीरगन्ज महानगरपालिका–२२ मनियारीमा पवित्र गायत्री महायज्ञ तथा प्रज्ञा पुराण कथा शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ। धार्मिक तथा आध्यात्मिक महत्व बोकेको उक्त कार्यक्रमको उद्घाटन पूर्व खानेपानी मन्त्री प्रदीप यादवले गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री यादवले आफ्नो पैतृक गाउँ मनियारीमा आयोजना गरिएको महायज्ञले समाजमा नैतिक मूल्य, अनुशासन, सद्भाव र मानवीय चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले सामाजिक एकता र आपसी सद्भावलाई थप मजबुत बनाउने बताए।

यादवले महायज्ञ तथा प्रज्ञा पुराण कथाबाट समाजमा सकारात्मक ऊर्जा प्रवाह हुने उल्लेख गर्दै नयाँ पुस्तालाई संस्कार, संस्कृति र धार्मिक चेतनाप्रति प्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने धारणा राखे।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने आयोजक समिति, सहयोगी संस्था तथा स्थानीय बासिन्दाप्रति आभार व्यक्त गर्दै उनले महायज्ञको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरे।

मनियारी समाजद्वारा आयोजित उक्त धार्मिक कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, धर्मप्रेमी तथा स्थानीय श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार महायज्ञ तथा प्रज्ञा पुराण कथा अवधिभर धार्मिक प्रवचन, पूजा–अर्चना तथा विभिन्न आध्यात्मिक कार्यक्रम सञ्चालन हुनेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय