बीरगन्ज,१६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जीतपुरसिमरा उपमहानगरपालिका–१३ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। सानो डुमरवानामा आयोजित अधिवेशनले गोविन्द्र चौधरीको नेतृत्वमा नयाँ वडा समिति चयन गरेको हो।
नगर समिति सभापति सुरेशराज केसीको उपस्थितिमा सम्पन्न अधिवेशनबाट उपसभापतिमा प्रलाद चौधरी, सचिवमा सिकिन्द्र चौधरी चयन भएका छन्। सदस्यहरूमा सनी माझी, ओमप्रकाश, भगवत चौधरी, रामराज चौधरी र सूर्यकला चौधरी रहेका छन् भने थप तीन सदस्य पछि मनोनयन गरिने जनाइएको छ।
अधिवेशनले वडास्तरमा पार्टी संगठनलाई सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध विस्तार गर्ने र पार्टीका गतिविधिलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने लक्ष्य लिएको आयोजकले जनाएको छ।
नयाँ नेतृत्व चयनसँगै वडा नं. १३ मा रास्वपाको संगठन विस्तार र सक्रियता बढ्ने विश्वास व्यक्त गरिएको छ।




