spot_img

‘बजेट नुन र अमिलो नलागेको अचार जस्तै छ : सांसद तिमिल्सिना

spot_img
spot_img

काठमाडौं,१७ जेठ । राष्ट्रिय सभाकी सांसद गोमा देवी तिमिल्सिनाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि जनाएकी छन्। उनले बजेटले नेपाली समाजका सबै वर्गलाई समेट्न नसकेको टिप्पणी गरेकी हुन्।

आइतबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले बजेटलाई “नुन र अमिलो नलागेको अचारजस्तै” भएको भन्दै आलोचना गरिन्। “अर्थमन्त्रीज्यूले मेहनतका साथ बजेट ल्याउनुभएको होला, तर हामीलाई यसले सन्तुष्टि दिन सकेन,” उनले भनिन्।

तिमिल्सिनाले उद्योग सञ्चालनको कुरा गरिए पनि त्यसका लागि आवश्यक बजेट विनियोजन नभएको औंल्याइन्। “उद्योग मुखले चल्दैन, त्यसका लागि व्यवहारिक योजना र पर्याप्त बजेट आवश्यक हुन्छ,” उनले स्पष्ट पारिन्।

उनले बजेटमा गरिब, किसान र मजदुरका लागि ठोस कार्यक्रम नदेखिएको पनि बताइन्। साथै, सुकुम्बासी समस्या समाधानतर्फ समेत बजेट मौन रहेको भन्दै उनले सरकारसँग स्पष्ट जवाफ माग गरिन्। सांसद तिमिल्सिनाले बजेटलाई अझ समावेशी र जनमुखी बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्।

spot_img

ताजा अपडेट

लोकप्रिय