spot_img

सीमा विवाद दुवैतर्फबाट भएको छ : प्रधानमन्त्री शाह

spot_img
spot_img

काठमाडौँ,१७ जेठ । प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवाद एकतर्फी नभई दुवैतर्फबाट भएको टिप्पणी गरेका छन्। उनले भारतले मात्र नभई नेपालले पनि भारतको केही भूभाग मिचेको उल्लेख गरेका हुन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले यस्तो धारणा राखेका हुन्। श्रम संस्कृति पार्टीका सांसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धी विषय उठाएपछि उनले प्रतिक्रिया दिएका थिए।

प्रधानमन्त्री शाहले ती विवादित क्षेत्रको समस्या कूटनीतिक संवादमार्फत समाधान गरिने बताए। साथै, ऐतिहासिक सन्दर्भलाई ध्यानमा राख्दै बेलायतको सुझावसमेत लिन सकिने उनको भनाइ थियो।

उनले सीमा विवादलाई शान्तिपूर्ण र दीर्घकालीन समाधानतर्फ लैजान सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

spot_img

ताजा अपडेट

लोकप्रिय