spot_img

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको खबरदारी

spot_img
spot_img

काठमाडौँ,१९ जेठ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै काठमाडौँस्थित शान्तिवाटिकामा खबरदारी कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा सहभागी नेताहरू तथा कार्यकर्ताहरूले सीमा अतिक्रमण सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा असर पुगेको दाबी गर्दै उक्त भनाइ फिर्ता लिन माग गरेका छन्। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति नेपाली जनताको भावना विपरीत रहेको भन्दै सरकारलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका छन्।

त्यसैगरी, सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका फरार व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ। विशेषगरी फरार रहेका जीवी राईलाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन उनीहरूले माग गरेका छन्।

श्रम संस्कृति पार्टीले राष्ट्रिय हित, सुशासन र कानुनी शासनको पक्षमा सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गर्दै यस्ता विषयमा स्पष्ट धारणा र कार्ययोजना सार्वजनिक गर्न समेत माग गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय