spot_img

सुधन गुरुङ प्रकरणमा छानबिन अवधि थप, थप ५ दिनभित्र प्रतिवेदन बुझाइने

spot_img
spot_img

काठमाडौं,१९ जेठ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङमाथि भइरहेको छानबिनका लागि तोकिएको समय सीमा थप गरिएको छ। छानबिन समितिले थप ५ दिनको समय पाएसँगै अब सो अवधिभित्र प्रतिवेदन तयार गरी बुझाइने भएको छ।

छानबिन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीका अनुसार प्रारम्भिक १५ दिनको समय सीमा सोमबार सकिएपछि आवश्यक काम बाँकी रहेकाले म्याद थप गरिएको हो। मंगलबारदेखि लागू हुनेगरी थपिएको पाँच दिनभित्र छानबिन सम्पन्न गर्ने तयारी गरिएको उनले बताएका छन्।

समितिले यसअघि नै गुरुङसँग बयान लिइसकेको छ। बयानअघि सम्बन्धित निकायबाट जानकारी संकलन गर्नुका साथै उनको सम्पत्ति विवरणसमेत अध्ययन गरिएको बताइएको छ।

सरकारले २८ वैशाखको मन्त्रिपरिषद् बैठकमार्फत उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको अध्यक्षतामा समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य छन्।

छानबिनको मुख्य आधारमा सम्पत्ति विवरणमा देखिएका प्रश्न, सेयर लगानीसम्बन्धी विवाद र केही व्यवसायिक सम्बन्धहरू रहेका छन्। व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे उठेका प्रश्नपछि गुरुङ विवादमा तानिएका थिए।

आरोप सार्वजनिक भएपछि ९ वैशाखमा उनले पदबाट राजीनामा दिएका थिए। त्यसपछि गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा सञ्चालन हुँदै आएको छ।
समितिले प्रतिवेदन बुझाएपछि मात्रै आगामी कानुनी तथा राजनीतिक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय