spot_img

अनलाइन भन्सार प्रणाली लागू भएपछि सीमावर्ती नाकामा सेवाग्राहीको सास्ती

spot_img
spot_img

बीरगन्ज,१९ जेठ । नेपाल सरकारले भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनको भन्सार अभिलेख अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेपछि सीमावर्ती क्षेत्रका सेवाग्राहीहरूले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।

बीरगन्ज तथा महोत्तरीको जलेश्वरस्थित मलिवाडा–भिठामोड भन्सार नाकामा भारतबाट नेपाल प्रवेश गर्ने सवारी चालक र यात्रुहरू भन्सार प्रक्रिया पूरा गर्न ३ देखि ४ घण्टासम्म लाइनमा बस्न बाध्य भएका छन्। नयाँ प्रणाली कार्यान्वयनसँगै सेवा प्रवाहमा ढिलाइ हुँदा सेवाग्राहीहरू मारमा परेको बताइएको छ।

सेवाग्राहीहरूका अनुसार भन्सार कार्यालयले पर्याप्त पूर्वतयारी, आवश्यक जनशक्ति व्यवस्थापन तथा प्राविधिक पूर्वाधार सुदृढ नगरी अनलाइन प्रणाली लागू गर्दा सेवा लिन कठिनाइ भएको छ। लामो प्रतीक्षाका कारण यात्रु तथा सवारी चालकहरूले अनावश्यक दुःख भोग्नुपरेको उनीहरूको गुनासो छ।

भन्सार कार्यालयका एक कर्मचारीले समेत नयाँ प्रणाली सञ्चालनका लागि आवश्यक तालिम नदिई कर्मचारीहरूलाई खटाइएको बताउँदै कार्यसम्पादनमा समस्या भइरहेको स्वीकार गरेका छन्। उनका अनुसार प्रणालीसम्बन्धी पर्याप्त प्रशिक्षणको अभावले सेवाप्रवाह प्रभावित भएको छ।

सीमावर्ती नाकाहरूमा बढ्दो भीड र ढिलो प्रक्रियाका कारण सेवाग्राहीहरूमा असन्तुष्टि बढ्दै गएको छ। प्रभावितहरूले अनलाइन प्रणालीलाई प्रभावकारी बनाउन पर्याप्त जनशक्ति परिचालन, कर्मचारीलाई आवश्यक तालिम तथा प्राविधिक व्यवस्थापन सुदृढ गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय