काठमाडौं,१९ जेठ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी जेठ २१ गते बस्ने भएको छ। समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ।
बुधबार जारी विज्ञप्तिमा बैठकमा अनिवार्य उपस्थितिका लागि समितिका सबै सदस्यहरूलाई निर्देशनअनुसार अनुरोध गरिएको छ। बैठकमा पार्टीभित्रको अनुशासन, हालैका सांगठनिक गतिविधि तथा प्राप्त उजुरीहरूबारे छलफल हुने बताइएको छ।




