spot_img

मधेससहित तराईका क्षेत्रमा आज पनि गर्मी बढ्ने सम्भावना

spot_img
spot_img

बीरगन्ज,२० जेठ । जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने भए पनि मधेससहित तराईका विभिन्न जिल्लामा गर्मीको प्रभाव कायम रहने जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने पूर्वानुमान गरेको छ। तापक्रम वृद्धि र गर्मीका कारण विशेष सावधानी अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।

आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। साथै कोसी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र बागमती, गण्डकी तथा कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय