spot_img

रास्वपा कलैया उपमहानगर समिति सभापति चयनका लागि आज पुनः मतदान

spot_img
spot_img

बीरगन्ज,२० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कलैया उपमहानगरपालिका समिति सभापति पदका लागि आज पुनः निर्वाचन हुने भएको छ।

जिल्लाको कलैया उपमहानगरपालिका–१ भरतचोकस्थित देवकीलाल धर्मशाला मा आज बेलुका ५ बजे मतदान हुने कार्यक्रम तय गरिएको छ।

रास्वपा मधेश प्रदेशकी उपसभापति राधिका न्यौपाने का अनुसार नगर अधिवेशन सम्पन्न भए पनि सभापति पदका कुनै उम्मेदवारले पार्टीको विधान तथा नगर अधिवेशन कार्यविधिअनुसार आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकाले पुनः मतदान गर्न लागिएको हो।

उनले पुनः निर्वाचन सभापति पदका लागि मात्र हुने जानकारी दिँदै मतदानमा वडा सभापति, उपसभापति तथा सचिवहरूले मताधिकार प्रयोग गर्ने बताइन्।

यसअघि जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमा शंकर रौनियार ले १२४ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी बब्लु गिरि गोसाई ले ८३ मत, सुरेन्द्र शर्मा ले ६७ मत तथा अभिषेक पटेल ले २ मत प्राप्त गरेका थिए।

तर कुनै पनि उम्मेदवारले आवश्यक बहुमत अर्थात् ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सभापति चयन प्रक्रिया टुंगोमा पुग्न सकेको थिएन। सोही कारण आज पुनः मतदानमार्फत कलैया उपमहानगर समिति सभापतिको टुंगो लगाइने रास्वपाले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय