spot_img

मधेशमा मन्त्रालय संख्या घटाउन कार्यदल गठन

spot_img
spot_img

बीरगन्ज,२० जेठ । मधेश सरकारले मन्त्रालयहरूको संख्या घटाउने प्रक्रिया अघि बढाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव पार्वती शर्मा र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव होमनाथ पौडेल सदस्य रहेका छन्।

सत्ता समीकरण परिवर्तनपछि सत्ता साझेदार दलहरूबीच भएको १५ बुँदे सहमतिअनुसार मन्त्रालयहरूको संख्या घटाउने सहमति भएको थियो। हाल मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १२ वटा मन्त्रालय छन्।

सहमतिअनुसार मन्त्रालय संख्या घटाएर ९ वटामा सीमित गर्ने तयारी गरिएको छ। गठन गरिएको कार्यदलले मन्त्रालय पुनर्संरचनासम्बन्धी आवश्यक अध्ययन तथा प्रस्ताव तयार गर्नेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय