spot_img

काभ्रेको जंगलमा सशस्त्र प्रहरी असईसहित दुई जना मृत फेला

spot_img
spot_img

वीरगन्ज,२० जेठ । पर्साकाे बहुदरमाई नगरपालिका–८ रामनगरी घर भएका सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) शक्ति राम काभ्रेपलान्चोकमा एक युवतीसँगै मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार उनी वैशाख १९ गते सशस्त्र प्रहरी बल नम्बर १५ गण काभ्रेबाट दुई दिनको बिदा लिएर निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए र परिवारले खोजतलासका लागि निवेदन समेत दिएका थिए।

बुधबार बिहान काभ्रेको पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वन क्षेत्रमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। घटनास्थलमा रहेको अर्को रुखमा कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरीको पनि शव फेला परेको हो।

प्रहरीका अनुसार शर्मिला वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रे पुगेकी थिइन्। दुबै जनाको मोबाइल सम्पर्क नभएपछि खोजतलास तीव्र पारिएको थियो। प्रहरी वृत्त बालाजुबाट गरिएको अनुसन्धानमा शर्मिलाको मोबाइल अन्तिम पटक काभ्रे क्षेत्रमै सक्रिय भएको देखिएको थियो।

स्थानीयले दुईवटा रुखमा झुण्डिएको अवस्थामा शव जस्तो देखिने वस्तु फेला परेको जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा दुबै जनाको पहिचान पुष्टि गरिएको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय