spot_img

मधेसमा १६ प्रतिशत बालबालिकामा कुपोषण, हजारौँ जोखिममा

spot_img
spot_img

बीरगन्ज,२१ जेठ । मधेस प्रदेशमा गरिएको स्वास्थ्य परीक्षणमा करिब १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य निर्देशनालयको विशेष अभियानका क्रममा १३३ स्थानीय तहमा गरिएको परीक्षणमा ठूलो संख्यामा बालबालिकामा पोषणसम्बन्धी समस्या फेला परेको हो।

कुल २ लाख ८३ हजारभन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १५.७६ प्रतिशत अर्थात् ४४ हजार ६५४ जनामा कुपोषण तथा शीघ्र कुपोषणको गम्भीर अवस्था देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

तथ्याङ्कअनुसार करिब ३५ हजार ८८३ बालबालिका कुपोषित र ८ हजार ७७१ जना अति शीघ्र कुपोषणको अवस्थामा रहेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्डअनुसार यो अवस्था गम्भीर मानिन्छ।

परीक्षणमा सहभागीमध्ये झण्डै २ लाख ३३ हजारभन्दा बढी बालबालिका सामान्य अवस्थामा रहेको बताइए पनि कुपोषण न्यूनीकरणका लागि दीर्घकालीन र प्रभावकारी कार्यक्रम आवश्यक देखिएको छ।

विशेषज्ञहरूका अनुसार मधेसमा कुपोषण बढ्नुका प्रमुख कारणहरूमा गरिबी, अशिक्षा, पोषणबारे चेतनाको कमी, असन्तुलित खानपान र सरसफाइको अभाव रहेका छन्।

नेपालको कुल जनसंख्याको ठूलो हिस्सा मधेस प्रदेशमा रहेको र बाल जनसंख्या पनि उच्च भएकाले यो समस्या थप संवेदनशील बनेको सरोकारवालाहरूले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय