spot_img

छुवाछूत अन्त्यका लागि सामाजिक चेतना अपरिहार्य : राष्ट्रपति पौडेल

spot_img
spot_img

काठमाडौँ,२१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल ले जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि सामाजिक चेतना, सहिष्णुता र पारस्परिक सम्मान अनिवार्य रहेको बताएका छन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले विभेदरहित, समावेशी र समतामूलक समाज निर्माणतर्फ सबैलाई प्रतिबद्ध हुन आग्रह गरेका छन्। उनले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन आजको आवश्यकता भएको उल्लेख गरे।

उनले २०६३ साल जेठ २१ गते नेपाललाई ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरिएको ऐतिहासिक दिनको स्मरण गर्दै संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतालाई आत्मसात् गरेको बताए। विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई बलियो बनाउँदै सबै प्रकारका विभेद अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

राष्ट्रपति पौडेलका अनुसार जातीय विभेद केवल कानुनी व्यवस्थाबाट मात्र अन्त्य गर्न सकिँदैन, यसको लागि समाजका सबै तहमा चेतना र समानताको भावना विकास हुनु आवश्यक छ। उनले विभेदलाई सामाजिक, नैतिक तथा मानव मर्यादाविरुद्धको अपराधका रूपमा व्याख्या गर्दै त्यसविरुद्ध सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

सन्देशमा उनले व्यक्ति, परिवार, समाज, सरकारी निकाय, राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम तथा सबै संघसंस्थालाई जातीय विभेदविरुद्ध अझ संवेदनशील र सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय