spot_img

वीरगन्जमा वडा नं. २ द्वारा जेष्ठ नागरिक र असहायलाई छाता, झुल र टर्च वितरण

spot_img
spot_img

वीरगन्ज,२१ जेठ । वीरगन्ज महानगरपालिका वडा नं. २ ले जेष्ठ नागरिक तथा असहाय नागरिकलाई लक्षित गर्दै छाता, झुल र टर्च वितरण गरेको छ।

वडा स्तरीय बजेटबाट खरिद गरिएका ती सामग्री बढ्दो गर्मी, लामखुट्टेको प्रकोप तथा आगामी वर्षायामलाई ध्यानमा राख्दै वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष मो. रेयाज मिया तेली का अनुसार पहिलो चरणमा ९० जना जेष्ठ नागरिक तथा असहायलाई राहत स्वरूप सामग्री वितरण गरिएको हो। उनले पछिल्ला दिनमा बढ्दो गर्मी र स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए।

उनका अनुसार वितरण कार्यक्रममा उपस्थित हुन नसकेका बिरामी, अशक्त तथा छुटेका लाभग्राहीलाई घरमै पुगेर सामग्री उपलब्ध गराइनेछ। वडा कार्यालयले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रममा वडा सदस्यहरू, सचिव, स्थानीय राजनीतिक प्रतिनिधि तथा समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो। स्थानीयवासीहरूले वडा कार्यालयको यस पहलप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले जेष्ठ नागरिक र विपन्न वर्गलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय