spot_img

पुटिनद्वारा जेलेन्स्कीको वार्ता प्रस्ताव अस्वीकार, तनाव थप चर्कियो

spot_img
spot_img

काठमाडौं,२३ जेठ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की द्वारा आएको प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेका छन्। साथै उनले जेलेन्स्कीको अभिव्यक्ति र शैलीप्रति असन्तुष्टि जनाएका छन्।

सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा बोल्दै पुटिनले जेलेन्स्कीले पठाएको खुला पत्रबारे प्रतिक्रिया दिएका हुन्। उक्त पत्रमा जेलेन्स्कीले युद्धविरामका लागि भेटघाटको प्रस्ताव राख्दै पुटिनको उमेर, रूसको अर्थतन्त्र र सैन्य क्षतिबारे टिप्पणी गरेका थिए।

पुटिनले भने उमेरको आलोचना असान्दर्भिक भएको बताउँदै नेतृत्व क्षमता नै मुख्य कुरा भएको दाबी गरे। उनले आफूले वार्ताको ढोका कहिल्यै बन्द नगरेको तर त्यसका लागि “उचित आधार र तयारी” आवश्यक रहेको उल्लेख गरे।

रूसी पक्षले विगतमा भएका सहमतिलाई आधार मान्दै युक्रेनले केही क्षेत्र त्याग्नुपर्ने अडान दोहोर्‍याएको छ। तर युक्रेनले भने त्यस्तो प्रस्ताव अस्वीकार गर्दै आफ्ना भूभाग र निर्णय सार्वभौमिक हुने स्पष्ट पारेको छ।

यसबीच पुटिनले युक्रेन वार्तामा इच्छुक देखिए पनि त्यो केवल रूसी आक्रमण रोक्नका लागि मात्र भएको दाबी गरेका छन्। उनले आफ्ना सैनिकहरूलाई “अभियान जारी राख्न” निर्देशनसमेत दिएका छन्।

पुटिनको अभिव्यक्तिपछि जेलेन्स्कीले कडा प्रतिक्रिया जनाउँदै रूसले पुनः युद्धकै बाटो रोजेको आरोप लगाए। उनले भने— रूस युद्ध अन्त्य गर्न इच्छुक नरहेको र यसले अन्तर्राष्ट्रिय समुदायलाई निराश बनाउनेछ।

साथै जेलेन्स्कीले रूसमाथि थप आर्थिक दबाब आवश्यक रहेको उल्लेख गर्दै युक्रेनले रूसी युद्ध संयन्त्र कमजोर पार्न रणनीतिक आक्रमण जारी राख्ने संकेत दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय