spot_img

तीन तहबीच समन्वय बिना कानुन प्रभावकारी हुँदैन : सभामुख अर्याल

spot_img
spot_img

काठमाडाैं,२३ जेठ । सभामुख डोलप्रसाद अर्याल ले कानुन निर्माण गर्दा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य अनिवार्य हुने बताएका छन्।

टीकापुरमा अन्तर व्यवस्थापिका मञ्चले आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा बोल्दै सभामुख अर्यालले संघीयता कार्यान्वयनका लागि तीनै तहबीच नीति तथा कानुनमा तालमेल आवश्यक रहेको उल्लेख गरे।

उनका अनुसार कानुन निर्माण गर्दा एक तहले बनाएको कानुन अर्को तहसँग नबाझिने गरी तयार गर्नुपर्ने आवश्यकता छ। उनले भने, “तीनवटै तहका सरकारका कानुनहरू आपसमा नबाझिने गरी काम गर्न म प्रतिबद्ध छु।”

सभामुख अर्यालले लक्षित वर्गलाई केन्द्रमा राखेर मात्र कानुन निर्माण गर्नुपर्नेमा पनि जोड दिए। कानुन निर्माणपछि मात्रै सम्बन्धित वर्गलाई जानकारी हुने प्रवृत्तिले कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ थियो।

संघीयता लागू भए पनि अझै अधिकार पूर्ण रूपमा स्थानीय तहसम्म नपुगेको उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुसार सेवा प्रवाह प्रभावकारी बनाउन बाँकी रहेको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय