spot_img

बिमस्टेकको २९औँ वार्षिकोत्सवमा प्रधानमन्त्री बालेनको शुभकामना

spot_img
spot_img

काठमाडौँ,२३ जेठ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को २९औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले शुभकामना सन्देश जारी गर्दै संगठनलाई क्षेत्रीय एकता र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा वर्णन गरेका छन्।

प्रधानमन्त्री शाहले बिमस्टेकले यस क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई जोड्ने काम गरिरहेको उल्लेख गर्दै आर्थिक एकता सुदृढ गर्न, यातायात, व्यापार र डिजिटल सञ्जाल विस्तार गर्न यसको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

उनका अनुसार बिमस्टेकको वास्तविक शक्ति यसका जनतामा निहित छ। उनले पर्यटन प्रवर्द्धन, युवा र उद्यमीका लागि अवसर सिर्जना तथा जलवायु परिवर्तन र प्राकृतिक विपद् विरुद्धको तयारीमा थप सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।

प्रधानमन्त्रीले नेपाल क्षेत्रीय सहकार्यका क्षेत्रमा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन्।

यसैबीच परराष्ट्रमन्त्री शिशिर खनाल ले पनि शुभकामना सन्देश जारी गर्दै सन् १९९७ मा स्थापना भएदेखि बिमस्टेकले हासिल गरेको प्रगतिको प्रशंसा गरेका छन्। उनले क्षेत्रीय सहयोग सुदृढ गर्न बिमस्टेक बडापत्रको महत्व उल्लेख गर्दै उपलब्धिहरूलाई संस्थागत गर्न र कार्यान्वयन क्षमता बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय