spot_img

सांसद हर्कराज राई ट्राफिक कारबाहीमा पर्ने

spot_img
spot_img

जनकपुर,२४ जेठ । प्रतिनिधिसभा सदस्य हर्कराज राई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा पर्ने भएका छन्।

उदयपुरमा मोटरसाइकल चलाउँदै गर्दा एक हातले सवारी नियन्त्रण र अर्को हातले भिडियो खिच्ने क्रममा दुर्घटनामा परेपछि उनी विवादमा तानिएका छन्।

बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद राईले एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले मोबाइलबाट भिडियो खिचिरहेको देखिएको थियो।

सोही क्रममा उनी दुर्घटनामा परेका थिए। घटनापछि सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक वृत्तमा उनको चर्को आलोचना भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय